Section 16
विद्युत महशूल र अन्य दस्तूर लिन सक्ने

(१) नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत सेवा उपलब्ध गराए वापत त्यस्तो सेवा उपलब्ध गर्ने व्यक्तिसंग दफा १७ बमोजिम निर्धारण गरिएको महशूल र अन्य दस्तूर लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको विद्युत महशूल र अन्य दस्तूर तोकिए बमोजिम असूल उपर गरिनेछ ।